२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको अनलाइन कर्जा आवेदन सेवा

आइतवार , आषाढ २१, २०८३

काठमाडौं।राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन सेवाको सुरु गरेको छ। बैंकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार प्रभावकारी ग्राहक सेवालाई लक्षित  अनलाइन कर्जा आवेदन सेवा सुरु गरेको हो। 

राष्ट्रिय वाणिज्य बैङ्कका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्थाबारे ग्राहकमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैंकले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताए।

‘बैंकको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,’ उनले भने, ‘अनलाइन कर्जा आवेदनका लागि बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन लोन एप्लिकेसनको लिंकमा क्लिक गरी (आरबिबि स्मार्ट लेन्डिङ डिजिटल लोन पोर्टल)आरबीबी एक्समार्ट लेन्डिङ डिजिटल लोन पोर्टलमा जानुपर्नेछ।’

बैंकका अनुसार उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी युजर रजिस्टे«सनमार्फत दर्ता गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
1
D
Dal Bahadur Gharti
9 hours ago
Good opportunity.
ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट