२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

इङ्ल्यान्डको सनसनीपूर्ण जित: सहआयोजक मेक्सिकोलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । १० खेलाडीमा सीमित इङ्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । मेक्सिकोको प्रतिष्ठित अज्टेका स्टेडियममा सोमबार बिहान भएको  अन्तिम १६ को खेलमा इङ्ल्यान्डले घरेलु टोलीमाथि रोमाञ्चक जित निकालेको हो ।

इङ्ल्यान्डको जितमा स्टार मिडफिल्डर जुड बेलिङहम नायक बने । उनले टोलीका लागि दुई महत्त्वपूर्ण गोल गरे भने कप्तान ह्यारी केनले एक गोल थपे । मेक्सिकोका तर्फबाट जुलियन क्विनोनेस र राउल जिमिनेजले एक–एक गोल फर्काए पनि त्यो टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन । खेलको उत्तरार्धमा इङ्ल्यान्डका एक खेलाडीले रातो कार्ड पाउँदै मैदान छाडेपछि टोली १० खेलाडीमा समेटिए पनि मेक्सिकोले त्यसको फाइदा उठाउन सकेन ।

रोमाञ्चक जितसँगै इङ्ल्यान्डले अब क्वाटरफाइनलमा बलियो प्रतिद्वन्द्वी नर्वेसँगको भेट पक्का गरेको छ। यसअघि नै नर्वेले पाँच पटकको विजेता ब्राजिललाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

राउन्ड अफ ३२ सम्म शतप्रतिशत जित निकाल्दै एक गोल पनि नखाएको बलियो घरेलु टोली मेक्सिको भने अन्तिम १६ को यही खेलबाट विश्वकपबाट बाहिरिन पुगेको छ । यससँगै मेक्सिको विश्वकप २०२६ बाट बाहिरिने दोस्रो सहआयोजक टोली बनेको छ । यसअघि अर्को सहआयोजक टोली क्यानडा पनि प्रि–क्वाटरफाइनलबाटै बाहिरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट