२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

टेरामक्स भ्रष्टाचार मुद्दा निर्णायक चरणमा, आजै बहस सकिए आदेश आउन सक्ने

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । लामो समयदेखि विशेष अदालतमा विचाराधीन रहेको चर्चित टेरामक्स प्रविधि खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा अन्तिम चरणमा पुगेको छ । केही दिनदेखि ‘हेर्दाहेर्दै’मा राखेर निरन्तर सुनुवाइ भइरहेको उक्त मुद्दामा आज बहस सकिएमा बेलुकासम्म आदेश आउन सक्ने सम्भावना रहेको विशेष अदालतले जनाएको छ । 

सोमबार पनि मुद्दामाथि निरन्तर सुनुवाइ भइरहेको छ । विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार दुवै पक्षका कानुन व्यवसायीको बहस आजै सकिएमा अदालतले बेलुकासम्म आदेश दिन सक्छ । आज बहस नसकिएमा मंगलबारसम्म आदेश आउने अपेक्षा गरिएको उनले जानकारी दिइन् ।

उक्त मुद्दाको सुनुवाइ असार ९ गतेका लागि तोकिएको भए पनि प्रतिवादी पक्षका कानुन व्यवसायीले पेशी सार्न माग गरेपछि सुनुवाइ स्थगित भएको थियो ।  त्यसपछि केही दिनदेखि पक्ष–विपक्षका कानुन व्यवसायीले निरन्तर बहस गर्दै आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिद प्रक्रियामा तीन अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै २०८२ जेठ १ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। मुद्दामा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनालाई प्रतिवादी बनाइएको छ ।

आयोगका अनुसार तत्कालीन मन्त्री बस्नेतले २०७४ असोज १७ गते टेरामक्स खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए। सोही निर्णय र त्यसपछिको खरिद प्रक्रियामा अनियमितता भएको आरोपसहित उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

हाल उक्त मुद्दाको सुनुवाइ विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासमा भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट