२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

धम्पुसको नाना माउन्टेन रिसोर्टको ‘मनसुन म्याजिक’: ४ हजारमै प्याकेज, कर्पोरेट अफर पनि

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य धम्पुसमा रहेको ‘नाना माउन्टेन रिसोर्ट’ले मनसुन लक्षित ‘मनसुन म्याजिक’ अफरसँगै कर्पोरेट समूहका लागि विशेष प्याकेज सार्वजनिक गरेको छ।

रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रतिव्यक्ति ४ हजार रुपैयाँमा ‘एमएपी’ प्याकेज उपलब्ध गराएको जनाएको छ। यस प्याकेजमा स्तरीय आवास, बिहानको नास्ता र रातिको खाना समावेश गरिएको छ।

मनसुनमा बादलले ढाक्ने पहाड, स्वच्छ हावापानी र मनोरम हिमाली दृश्यबीच अवस्थित रिसोर्टले प्रकृतिसँग रमाउन चाहने पर्यटकका लागि ओपन–एयर स्विमिङ पुल, ज्याकुजी तथा भिलेज वाकमार्फत स्थानीय संस्कृति र ग्रामीण जीवनशैली अनुभव गर्ने अवसर प्रदान गर्ने जनाएको छ।

व्यक्तिगत पर्यटकसँगै कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै रिसोर्टले ५० जनासम्मका समूहका लागि प्रतिव्यक्ति ३ हजार ५ सयदेखि ७ हजार ५ सय रुपैयाँसम्मका ‘कस्टम कर्पोरेट प्याकेज’ पनि ल्याएको छ।

रिसोर्टका अनुसार यी प्याकेज व्यवसायिक कार्यक्रम र मनोरञ्जनलाई सन्तुलित गर्ने गरी तयार पारिएका छन्। प्याकेजमा आधुनिक सेमिनार हल, ब्रेकआउट स्पेस, व्यक्तिगत आवास तथा समूहको आवश्यकताअनुसार विशेष भोजनको व्यवस्था गरिएको छ। साथै, कर्पोरेट समूहका लागि पोखरा–रिसोर्ट वा रिसोर्ट–पोखरा एकतर्फी निःशुल्क यातायात सुविधा पनि उपलब्ध गराइनेछ। यसले कार्यालयका कार्यक्रम, तालिम तथा टिम–बिल्डिङ गतिविधि सञ्चालन गर्न थप सहज हुने विश्वास रिसोर्टले लिएको छ।

पर्यटनलाई अझ सहज र किफायती बनाउन ‘नाना माउन्टेन रिसोर्ट’ले ‘वान बीएनपीएल’ सँग सहकार्य गर्दै ‘अहिले घुम्नुहोस्, पछि तिर्नुहोस्’ योजना पनि सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत पर्यटकहरूले ३ देखि १८ महिनासम्मको सहज किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्। साथै, शून्य प्रतिशत डाउन पेमेन्टमै भ्रमण गर्न सकिने व्यवस्था गरिएको छ।

विभिन्न बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी भुक्तानीको सुविधा समेत उपलब्ध भएकाले बजेटको चिन्ता नगरी मनसुनको प्राकृतिक सौन्दर्यसँगै आधुनिक सुविधाको अनुभव लिन सकिने रिसोर्टले जनाएको छ।

रिसोर्टले इच्छुक पर्यटकलाई ९८०२०००९१६ मा सम्पर्क गरी अग्रिम बुकिङ गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट