२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

संसदमा आँसुको क्षण : गणेश नेपालीको प्रसंगले आशिका तामाङदेखि कानुनमन्त्रीसम्म भावुक (तस्बिरहरू)

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एउटा यस्तो क्षण आयो, जहाँ राजनीतिक मतभेदभन्दा माथि मानवीय संवेदनाले स्थान लियो । आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई बचाउन सरकारले गरेको प्रयासबारे गृहमन्त्री सुधन गुरुङले घटनाक्रम सुनाइरहँदा संसद भवनको वातावरण असामान्य रूपमा भावुक बनेको थियो ।

गृहमन्त्रीको सम्बोधन सुनिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आफ्ना आँसु रोक्न सकिनन् । उनले पटक–पटक न्यापकिन पेपरले आँसु पुछ्दै आफूलाई सम्हाल्ने प्रयास गरिन् । उनको अनुहारमा देखिएको पीडा र आँखाबाट झरेका आँसुहरूले संसदको माहोल नै स्तब्ध बनाइदियो ।

आशिका तामाङ मात्र होइन, रास्वपाकी अर्की सांसद राधिका खतिवडाले पनि आँसु पुछ्दै भावुकता व्यक्त गरिरहेकी थिइन् । मन्त्रीहरूको लहरमा बसेकी कानुनमन्त्री पनि गृहमन्त्रीको सम्बोधनका क्रममा भावुक देखिइन् ।

(तस्बिरहरू)

aashika 2.jpg.jpeg
aashika 3.jpg (3).jpeg
sobita gautam.jpg.jpeg
rachana khatiwada.jpg.jpeg

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट