२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

रास्वपाकै नजिर देखाउँदै सरलको प्रश्न : ‘सुनसरी घटनाको जिम्मेवार को?’

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । नेकपाका युवा नेता तथा बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले लिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सहयात्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विगतमा अपनाएको राजनीतिक मापदण्डकै आधारमा अहिलेको घटनाको जिम्मेवारी पनि सरकारको नेतृत्वले लिनुपर्ने बताएका हुन् ।

‘रास्वपाले यही तथ्य स्थापित गर्दै गएको छ,त्यही तथ्यअनुसार पनि प्रमुख दोषी गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाह हुन्,’ उनले लेखेका छन्। ‘तपाईंहरूको सरकार रहँदासम्म देशमा सेना वा प्रहरीले चलाएको गोलीको हिसाब प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीले चलाएको हो भन्ने कुरा स्वीकार गर्नुपर्छ। त्यसैले कम्तीमा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ।’

सहयात्रीको अभिव्यक्ति रास्वपाले अघिल्लो सरकारको पालामा लिएको अडानतर्फ लक्षित छ । रास्वपाका नेता–कार्यकर्ताले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको घटनाको मुख्य राजनीतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने भन्दै निरन्तर आवाज उठाउँदै आएका थिए ।

त्यही राजनीतिक नजिरलाई आधार बनाएर अहिले अन्य दलका नेता तथा कार्यकर्ताले पनि सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारी रहेको तर्क गर्न थालेका छन । उनीहरूको भनाइ छ, यदि राज्यका सुरक्षा निकायको बल प्रयोगको राजनीतिक उत्तरदायित्व सरकार प्रमुख र गृहमन्त्रीले नै वहन गर्नुपर्ने मान्यता हो भने त्यो सिद्धान्त सत्ता परिवर्तनसँगै बदलिनु हुँदैन सरलले भने ।

सुनसरी घटनापछि राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ भने सुरक्षा कारबाहीको जिम्मेवारी र राजनीतिक उत्तरदायित्वबारे बहस पनि थप चर्किएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट