२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

सुशासन र विकासको बाटोबाट मुलुकलाई समृद्ध बनाउँछौ : प्रधानमन्त्री

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति जिम्मेवार रहेको बताएका छन् ।

सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वेच्छाचारी ढंगले सभ्यता, संस्कृतिको धज्जी उडाएर, गति छोड्नेहरुलाई सरकारले ठिक बाटोमा हिँडाउने आफ्नो कर्तव्य सरकारले पूरा गर्ने बताएका हुन् । उनले सरकारले समाजलाई सही बाटोमा हिँडाउने कर्तव्य पुरा गर्नुपर्छ भन्ने कुरा बुझनुपर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट मुलुकलाई समृद्ध बनाउन आफूले चाहेको पनि दोहोर्याए । उनले पछि परेका जनताको सेवा गर्ने कामलाई सरकारले अघि बढाएको भएपनि राज्यको मेशिनरी पर्याप्त सहयोगी हुन नसकेको गुनासो पनि गरे ।

प्रधानमन्त्री ओलीले पछि परेका नागरिकलाई माथि उठाउनका लागि सरकारले सामाजिक सुरक्षा कोष लगायतका कार्यक्रमलाई अघि बढाएको पनि बताए ।

प्रधानमन्त्री ओलीले सरकारले गरिवी, अभाव र पछौटेपन अन्त्य गर्न संकल्प लिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट