काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। सूर्यज्योतिले आर्थिक वर्ष २०८०/८१ मा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।
कम्पनीको शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले करसहित चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुने सूर्यज्योतिले जनाएको छ ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ छ। कम्पनीले गत वर्ष २४.७४ प्रतिशत नगद र १०.२६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। गत वर्षको भन्दा यो वर्ष लाभांश दर घटेको छ ।

प्रतिक्रिया दिनुहोस