२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

परिश्रम गर्नेलाई कदर गर्न जान्नुपर्छ, किसानलाई समाजमा सम्मान र कदर गरौँ : उपप्रधानमन्त्री सिंह

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई कदर गर्न जान्नुपर्ने बताएका छन् ।

आईतबार काठमाडौंमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले समाजमा परिश्रम गर्नेहरुलाई हेर्ने दृष्टिकोणमा परिवजर्तन जरुरी रहेको बताए । उनले किसानलाई समाजमा सम्मान र कदर गर्न सक्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो समाजमा आजकाल अलि परिश्रम गर्नेलाई जुन एउटा कदर गर्नुपर्नेमा फिजिकल लेभर गर्नेहरुलाई तल्लो स्तरबाट हेर्ने नजर परिवर्तन गर्नुपर्छ । परिश्रम गर्नेहरुलाई कदर गरेन भने विकास निर्माण कसरी हुन्छ । त्यसकारण आजको यो ज्यापु दिवसमा खेतमा परिश्रम गरेर, उत्पादन गरेर खाद्यान्न दिन्छन्, किसानलाई सम्मान र कदर समाजमा दिनुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले ज्यापु विकासका लागि स्थायी कोष बनाउन पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट