काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भोलि (जेठ २२ गते शुक्रबार) भारत प्रस्थान गर्ने भएका छन् ।
भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म औपचारिक भारत भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ ।
भ्रमणका क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । वार्तामा व्यापार, लगानी, दुई देशका सम्पर्क र सञ्जाल विस्तार, उर्जा लगायतका विषयमा छलफल हुनेछ ।
यस भ्रमणले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै हुन लागेको खनालको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
खनाल जेठ २४ गते नेपाल फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस