२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘फेसियल हाउस’ ले मनायो १७औं वार्षिकोत्सव

बिहिवार , पौष ११, २०८१

काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा हाउसले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा फेसियल हाउसले गरेका क्रियाकलापको १२ मिनेट लामो वृत्तचित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि उपमेयर सुनिता डंगोलले फेसियल हाउसको १७औं वार्षिकउत्सवको शुभकामना व्यक्त गर्दै महिलाको शसक्तिकरण कस्तो हुन्छ भन्ने कुरा फेसियल हाउसले देखाएको बताइन् । उनले भनिन् ,' ब्युटिले ब्यक्तिको कन्फिडेन्स बढाउने अझ उत्साह ल्याउँछ त्यतिमात्र होइन एउटा महिलाको सफलताले धेरै महिला दिदीबहिनिलाइ प्रेरणा मिलेको छ।'

त्यस्तै नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले भने,‘ महिलाहरुले ब्यबसायलाई नेतुत्व गरेर यहाँसम्म ल्याउनु सजिलो छैन फेसियल हाउसले त्यो चुनौती चिरेको छ र सबैलाइ आत्म बिश्वास पनि बढाएको छ।“

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसलाई आगामी दिनमा अझ राम्रो विकास र विस्तारमा जोड दिन आग्रह गरिन् । उनले भनिन्,‘सबैको प्रयासबाट सफलता हासिल गरिएको र यसले पुरुषहरुलाइ पनि सक्षम बनाउन र साथै रोजगार सिर्जना गर्नु ठूलो भूमिका छ।'

त्यस्तै वुमन कम्युनिटी ( यूएलआई) की अध्यक्ष भगवती खड्काले फेसियल हाउस १७ वर्ष पुगेको अवसरमा शुभकामना दिँदै आगामी दिनमा अझ प्रगति गरी स्वदेशमै रोजगारी दिनुपर्ने बताइन् ।

नेपाल ब्युटी एसोसिएशनकी अध्यक्ष शशी शाहले ब्युटी क्षेत्रको आवश्यकता र महत्त्वको विषयलाई अझ महत्त्वका साथ अघि बढाउनुपर्ने बताइन् । उनले भनिन्,‘ब्युटी आफैमा एउटा स्किल हो ब्युटी आफैमा एउटा सुन्दरता हो यसलाइ नकारात्मकता होइन कि सकारात्मक नजरले हेर्नू पर्छ।'

फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले १७ बर्षको यात्रासम्म आउनमा फेसियल टिमबाट मात्र सम्भव भएको बताइन् । उनले भनिन्,'आगामी दिनमा अझै धेरै काम गर्न बाँकी रहेको हुँदा सबैको साथ हातेमालो हुने बिश्वास छ।'

फेसियल हाउसले १७औं वार्षिकोत्सवमा विभिन्न शाखामा कार्यरतमध्ये उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी ) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक उज्ज्वलजंग शाहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट