२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सचिनको मृत्युले समाजमा विद्यमान संवेदनहीनता र लोभको तितो यथार्थलाई उजागर गरेको छ : सांसद शाही

बिहिवार , पौष १८, २०८१

काठमाडौँ । सांसद ज्ञानेन्द्र शाहीले बाल गायक सचिन परियारको मृत्युले हाम्रो समाजमा विद्यमान संवेदनहीनता र लोभको तितो यथार्थलाई उजागर गरेको बताएका छन् । सांसद शाहीले सचिनको निधन भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

उनले केही बिचौलिया र उनका आफ्नै बुवाले समेत दर्शक संख्या, प्रसिद्धि, र आर्थिक फाइदालाई प्राथमिकता दिँदै उनको वास्तविक आवश्यकतालाई बेवास्ता गरेको बताएका छन् ।

साथै, यो घटनाले समाजमा मानवियता, नैतिकता र साँचो मूल्यहरूको आवश्यकता औंल्याएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘सचिनको मृत्युले हाम्रो समाजमा विद्यमान संवेदनहीनता र लोभको तितो यथार्थलाई उजागर गरेको छ। केही बिचौलिया र उनका आफ्नै बाबुले समेत दर्शक संख्या, प्रसिद्धि, र आर्थिक फाइदालाई प्राथमिकता दिँदै, उनको वास्तविक आवश्यकतालाई बेवास्ता गरे। गम्भीर समस्याहरूको सामना गरिरहँदा सचिन एक्लै भए ,जसका कारण उनको असामयिक निधन भयो।

यो घटनाले समाजमा मानवियता, नैतिकता, र साँचो मूल्यहरूको आवश्यकता औंल्याएको छ। हामीले आज मानव भएर पनि असफलताको अनुभूति गर्नुपरेको छ।

सचिनको आत्माले चिरशान्ति पाओस!!’

सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले सचिनको निधन भएको हो ।

यो पनि :

बालकलाकार सचिन परियारको निधन

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार