२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरु समेटिनुपर्छ : महामन्त्री थापा

सोमवार , माघ ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रुपमा रहेको बताए ।

उनले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताए ।

अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानूनहरु बनाएपनि मुल कानून बनाउन नसकिएकाले अब बन्ने कानून कृषिको मुल कानून हुने उनले बताए । कृषिको मुल कानून बनाउन नसक्दा कृषिले गति लिन नसकेको उनले बताए । उनले रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्वपूर्ण रुपमा हेरिनुपर्ने बताए ।

महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरु महत्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्वपूर्ण बन्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट