ललितपुर । फोनपे बिल्सबाट बीमा प्रीमियम तिर्दा क्याशब्याक जित्न सकिने भएको छ ।
फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिंङ एप मार्फत बीमा प्रीमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १ सय प्रतिशत क्याशब्याक जित्ने अवसर प्रदान गर्न एक रोमाञ्चक अभियान सुरु गरेको हो ।
कम्पनीका अनुसार यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १ सय प्रतिशत क्याशब्याक (१५,००० रुपैयाँसम्म) प्राप्त गर्ने छन्।
यो अभियान माघ ३० (फेब्रुअरी १२, २०२५) सम्म चल्ने कम्पनीले जनाएको छ । जसले ग्राहकहरूलाई बीमा प्रीमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्ने कम्पनीको भनाई छ।
कम्पनीका अनुसार सहभागी हुनको लागि ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नुपर्नेछ। सफल भुक्तानीपछि उनीहरू स्वतः लक्की ड्रको लागि योग्य हुनेछन् र १ सय प्रतिशत क्याशब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।
सहभागीता कसरी गर्ने ?
- आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस्
- फोनपे बिल्स वा अनलाइन भुक्तानी सेक्सनमा जानुहोस्
- उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये बीमा विकल्प छान्नुहोस्
- आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुहोस्
- भुक्तानी पुष्टि गर्नुहोस्
भुक्तानी सफल भएपछि १ सय प्रतिशत क्याशब्याक जित्ने लक्की ड्रको लागि योग्य हुने कम्पनीले जनाएको छ । यो अभियान फोनपे बिल्सको सहजता अनुभव गर्ने साथै भुक्तानी गरेर पुरस्कार प्राप्त गर्ने एक उत्कृष्ट अवसर भएको कम्पनीको भनाई छ।
फोनपे बिल्स फोनपेको एक सेवा हो जसको माध्यमले ग्राहकहरूले बिजुली, पानी, टिभी, इन्टरनेट, ईएमआई, सरकारी राजश्व, शिक्षा, एयरलाइन्स, र अन्य सेवाहरूको बिल आफ्नो मोबाइल बैंकिङ एपबाट केही क्लिकमा तिर्न सक्छन्।
प्रतिक्रिया दिनुहोस