२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पोखरामा एनसेल फाउण्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुने

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । बुकवर्म फाउण्डेशनको आयोजनामा यही फागुन १५ गतेदेखि १८ गतेसम्म पोखरामा एनसेल फाउण्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा यस वर्ष फागुन १५ देखि १८ सम्म बाह्रौँ संस्करणको एनसेल फाउण्डेशन नेपाल लिटरेचर फेस्टिभल २०२५ आयोजना गर्न लागिएको फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।

सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौँ साहित्यिक महोत्सव हुन थालेको बताउँदै उनले स्कुल, कलेजदेखि स्थानीय तहमा साहित्यिक महोत्सव हुन थालेको बताए । यही फागुनमा मात्र नेपालमा सात वटा साहित्यिक महोत्सव हुने उनले जानकारी दिए ।

एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एण्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यका माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत यस उत्सवसँग आबद्ध हुन पाएको भन्दै खुसी व्यक्त गरिन् । कला, साहित्य र संस्कृति हाम्रा पहिचान भएको भन्दै उनले यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी भएको बताइन् ।

पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्वबारे चर्चा साहित्यले समाजमा पुर्‍याएका योगदानहरू महत्त्वपूर्ण रहेको बताए । साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेल्ने बताउँदै उनले यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्ने बताए ।

नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने चाहनाका साथ उक्त कार्यलाई टेवा पुर्याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको उनले बताए । फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले यहाँको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्‍याएको विश्वास व्यक्त गरे ।

फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट