२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्नेको भीड (फोटो फिचर)

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । आज महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ ।

आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।

आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्रि नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनको भीड रहेको छ । पूजा आराधनाका लागि पशुपतिनाथ पुगेका भक्तालुहरु सहज रुपमा दर्श गर्ने व्यवस्था मिलाइएको बताउँछन् ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ । प्रस्तुत छन् सुनौलो नेपालका फोटो पत्रकार निशान मगरले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा कैद गरेका केही तस्बिरहरु ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ