काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य आज मंगलबार भने तोलामा १४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ६९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस