२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

धवलागिरि गाउँपालिकामा १ सय पाँच योजना कार्यान्वयनमा

सोमवार , फाल्गुण २६, २०८१

म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ ।

गत असार र पुसको गाउँसभाबाट छनोट भई बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेका गाउँपालिकाले जनाएको छ । सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, पदमार्ग, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना रहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ६५ योजनाको सम्झौता गरिएको जानकारी दिए । गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने वडाका उपभोक्ता समितिसँगै वडा कार्यालयमा पुगेर सम्झौता गरिएको उनले बताए ।

चालु आर्थिक वर्षमा पूर्वाधार योजनाका लागि करिब १५ करोड रुपैयाँ बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा १५ प्रतिशत खर्च भएको छ । कुल ४७ करोड २९ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा २८ दशमलव ९१ प्रतिशत अर्थात १३ करोड ६७ लाख ५६ हजार ६७५ खर्च रुपैयाँ भएको छ ।

सङ्घीय विशेष अनुदान करोड १० लाख रुपैयाँ बजेट भएको मच्छिम–शिवाङ–हिलापोखरी एक घर एक धारा खानेपानी, सङ्घीय समपूरक ७० लाख रुपैयाँ  बजेटको लुलाङ–गुर्जा सडक, प्रदेश समपूरक एक करोड रुपैयाँको मुदी वडा कार्यालय र सङ्घीय विशेष अनुदान एक करोड रुपैयाँ बजेटको मुदी ढल निकास योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयनमा लगिएको छ ।

गत वर्ष तीन करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको लुलाङ–गुर्जा सडकमार्फत नौ किलोमिटर ५०० मिटर सडकको मार्ग खुलेको, ताकममा पाँच शय्या क्षमताको अस्पताल र घट्टेखोलामा प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गका २२ योजना कार्यान्वयनको चरणमा छन् । जेठ महिनाभित्र योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सहजीकरण, समन्वय, परिचालन र अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट