२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सरकार जनताप्रति जिम्मेवार बन्न सक्नुपर्छ : सांसद दाहाल

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौँ । सांसद लेखनाथ दाहालले सरकार जनताप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले सरकारले जनताप्रति जिम्मेवार भएर जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

“सरकारले जनताको मन जित्ने गरी काम गर्न सकेकै छैन । भ्रष्टाचारक गर्नेलाई कारवाही गर्न सकेको छैन,” सांसद दाहालले भने, “सार्वजनिक संस्थाहरु घाटामा छन् । तर नाफामा पुर्याउने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरुत्साहित गराउने काम किन भइरहन्छ ?”

सांसद दाहालले नेपालमा राजसंस्थाको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको घोषणा भई सङ्घीय लोकतन्त्रको अभ्यासमा उभिएको बताए । “सरकारलाई खबरदारी गर्न प्रतिपक्षी दलहरु एकै ठाउँमा छौँ । भ्रष्टाचार नियन्त्रणको मुद्दालाई केन्द्रमा राखेर सुशासन कायम राख्न लागिपरेको छौँ,” उनले भने, “सरकार जनताप्रति जिम्मेवार बन्न सकेको छैन ।”

पछिल्लो समय राजावादीहरु सलबलाइरहेको उल्लेख गर्दै सांसद दाहालले यसलाई विषयकरण गर्न जरुरी नरहेको बताए । “जनता र राज्यको हितमा सहकारी ऐन ल्याउनुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट