२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

जनताका समस्या सम्बोधन गर्न अध्यक्ष दाहालको सरकारलाई सुझाव

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले मिटरब्याज पीडितले न्याय नपाएका, गुठी पीडित जनताका माग सम्बोधन नभएकामा जनता पीडित भएका बताए ।

मुलुकको शान्तिप्रक्रिया गणतन्त्र स्थापनाको प्रस्थान विन्दु थियो भन्दै उनले राजतन्त्रको अन्त्यका क्रममा देखाइएको सदाशयतालाई कमजोरी नठान्न सम्बद्ध पक्षलाई सचेत गराए । जनताको त्याग र बलिदानबाट प्राप्त व्यवस्थाका विरुद्ध जाने छुट कसैलाई नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतन्त्र र राजतन्त्रको तुलना हुनै नसक्ने बताए ।

लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो अवलम्बन गरिए क्रान्तिले आफ्नो मार्ग तय गर्ने चेतावनी उनले दिए । उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरे । अध्यक्ष दाहालले भने, “राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रमा नै आफ्नो ठाउँ खोज्नुस् । हामीलाई आपत्ति छैन ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट