२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

हुलाकीमार्ग केन्द्रित अभियान समाजमा नयाँ जागरण ल्याउनका लागि हो : अध्यक्ष प्रचण्ड

बुधवार , फाल्गुण २८, २०८१

भैरहवा (रुपन्देही) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा नयाँ जागरण ल्याउनका लागि हुलाकीमार्ग केन्द्रित अभियान सुरु गरिएको बताएका छन् ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ मा रहेको रामजानकी जमुहानी कुटीको पोखरी सुन्दरीकरण कार्यक्रमको शिलान्यास गर्दै उनले हुलाकीमार्गका नागरिकहरु पूर्वाधार, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा पछि परेको उल्लेख गर्दै नयाँ जागरणका लागि माओवादी केन्द्र हुलाकीमार्ग केन्द्रित अभियानमा रहेको बताए ।

पूर्वाधार विकास आयोजनाअन्तर्गत रु ८८ लाखमा जमुहानीमा रहेको रामजानकी मन्दिर तथा कुटीको पोखरी सुन्दरीकरण तथा पार्क निर्माण हुँदैछ । पार्क निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्नेमा अध्यक्ष दाहालले विश्वास व्यक्त गरे ।

यहाँस्थित रामजानकी कुटी बौद्धकालीन समयमा निर्माण भएको वडाध्यक्ष शिवकुमार धवलले बताए । उनले तालको गुरुयोजना निर्माण गरी सोहीअनुरुप काम गरिरहेको बताए ।

त्यसअवसरमा अध्यक्ष दाहालसँगै पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वकृषिमन्त्री चक्रपाणि खनाललगायत माओवादीका नेताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट