२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी विधेयक’ प्रस्तुत

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौँ । प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो विधेयक प्रस्तुत गरेका हुन् ।

सो विधेयकमाथि सांसद प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, प्रेम सुवाल, मिना तामाङ, रूपा सोशी (चौधरी), चित्रबहादुर केसी, रामकुमार राई, लेखनाय दाहाल, पूर्णबहादुर घर्ति मगर र सुमना श्रेष्ठले विरोधको सूचना हालेका थिए ।

विरोधको सूचना राख्ने सांसदहरूको राख्नुको भएको जिज्ञासाको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सरकारले समस्या ग्रस्त सहकारी गठन गरेको र २२ वटा समस्याग्रस्त सहकारी घोषण गरेर ३ वटा सरकारीको समस्या समाधान गरेको बताए ।

दश वटा सहकारीको रमक फिर्ता गराउन सरकार सफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट