२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति ?

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । शुक्रबार सुनको भाउ बढेर इतिहासकै उच्च भएको छ ।

आज सुनको भाउले रेकर्ड तोड्दै तोलाको पौने २ लाख रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाल सुन ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अमेरिकाले लिएको नयाँ भन्सारदरका कारण यसको असर विश्व सुन बजारमा परेको बताएका छन् । सुनौलो नेपालसँग कुरा गर्दै उनले भने, ‘अहिले अमेरिकाले सुनको सञ्चिती बढाएको, युद्धविराम गर्न रुसले अस्वीकार गर्दा विश्व अर्थतन्त्र अस्थिर बन्दै गएकाले सुनको भाउ उकालो लागेको छ ।’

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २९ सय ९१ डलरमा पुगेको छ । केही दिनभित्रै ३ हजार डलर पुग्ने संभावना बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट