२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

नेकपा एसको ‘समाजवादी अभियान’ सुरु

शनिवार , चैत्र १, २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ ।

आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका सङ्घ, सङ्गठन तथा व्यक्तिहरुसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञबाट सुझाव सङ्कलन गरिने छ ।

जनताका विकासका चाहना पूरा नभएका बेला उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरुलाई अवगत गराउन अभियान उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट