२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

कांग्रेस र एमालेमा कुनै खटपट छैन, सहमतिबमोजिम सरकार अघि बढ्छ : महेश बर्तौला

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कांग्रेस र एमालेबीचको सहमतिबमोजिम सरकार अघि बढ्ने बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्तारुढ दलहरूबीच कुनै खटपट नभएको भन्दै सहमतिबमोजिम नै सरकार अघि बढ्ने बताएका हुन् ।

बर्तौलाले कांग्रेस र एमालेबीचमा उच्चस्तरीय समझदारी बनेर सरकार बनेको बताए ।

बर्तौलाले कुनै नेता, कुनै मन्त्रीको विदेश भ्रमणमा जाँदा, कोही व्यक्तिले कुनै स्टाटस लेख्दा सरकार खटपट हुन्छ भन्ने कुरा कसरी भन्न सकिन्छ ? भन्दै प्रश्नसमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट