२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सेयर बजारमा चलखेल रोक्न नयाँ व्यवस्था, बिहीबारदेखि अन्तिम १५ मिनेटको कारोबार मूल्य निर्धारण

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले धितोपत्र दोस्रो बजारमा कारोबारको अन्तिम मूल्यको विद्यमान व्यवस्थामा परिवर्तन गरी नयाँ प्रावधान ल्याएको छ । नेप्सेको सोमबार बसेको सञ्चालक समिति बैठकले बिहीबारबाट कार्यान्वयनमा आउने गरी बजार बन्द हुनु १५ मिनेटअगाडिको औसत मूल्यलाई अन्तिम मूल्य मानेर भोलिपल्ट कारोबार हुने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो।

नेप्सेले कारोबारको अन्तिम समयमा हुने चलखेल नियन्त्रणका लागि अन्तिम मूल्य कार्यान्वयनमा ल्याएको हो।

कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ अनुसार बिहीबारबाट नयाँ व्यवस्था लागू हुने नेप्सेले जनाएको छ । बिहीबारदेखि कारोबार दिनको २ः४५ देखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने र सोही मूल्य भोलिपल्टको कारोबारको सुरुवाती मूल्य तोकिने नेप्सेले जनाएको छ।

बजार बन्द हुने अन्तिम समयको मूल्यलाई नै भोलिपल्टको सुरुवाती मूल्य मान्ने व्यवस्था थियो । अहिले ३ बजेसम्मकै मूल्यलाई भोलिपल्टको सुरुवाती मूल्य मानिँदै आएको छ। दोस्रो बजार बन्द हुनु केही मिनेटमा लगानीकर्ताले सेयर खरिद चाप बढाएर कम्पनीको मूल्यमा सर्किट लगाउनेजस्ता कामहरु गर्दै आएका मा अब यस्तो चलखेल रोकिने भएको छ ।

यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबारमा हुने चलखेल रोक्न नयाँ प्रावधान ल्याएको थियो। धितोपत्र बोर्डले सूचिकृत कम्पनीहरुको सेयर कारोबार बन्द हुने अन्तिम १५ मिनेटको कारोबारलाई औसत मानेर भोलिपल्टको ओपनिङ मूल्य तोक्ने व्यवस्था गरेपछि नेप्सेले कार्यान्वयमा ल्याएको हो।

बोर्डमा सन्तोषनारायण श्रेष्ठ अध्यक्ष भएर आएपछि सेयर बजारको सुधार प्रक्रिया अघि बढेको छ । बोर्डले अहिले धितोपत्र निष्कासन नियमावलीमा परिमार्जनको काम अघि बढाएको छ । बोर्डले एक समिति बनाएर निष्कासनसम्बन्धि आधा दर्जन व्यवस्थालाई पुनरावलोकन गरिरहेको छ ।

सम्बन्धित समाचार

सेयर बजारमा चलखेल रोक्न नयाँ व्यवस्था, अन्तिम १५ मिनेटको कारोबार मूल्य निर्धारण

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार