काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम गर्ने तयारी हुँदै गर्दा उनलाई कमलादीस्थित प्रज्ञा भवनबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । उनलाई डिल्लीबजार कारागारमा लगिएको छ। तर, तर, पक्राउको कारण भने खुलेको छैन ।
जनमत पार्टी र नागरिक उन्मुक्तिबीच बुधबार एकता गर्ने तयारी थियो । त्यसकै लागि चौधरी कमलादी पुगेका थिए ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस