काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको हो ।
एकता घोषणा कार्यक्रम आजका लागि तय भएको थियो । चौधरीलाई सोही कार्यक्रमस्थल कमलादीस्थित प्रज्ञा भवनबाट पक्राउ गरिएको हो ।
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवका अनुसार अब के गर्ने भन्नेबारे दुवै पार्टीबीच छलफल गरेर टुंगो लाग्नेछ ।
यो पनि:
पार्टी एकता घोषणा कार्यक्रम स्थलबाट रेशम चौधरी पक्राउ
प्रतिक्रिया दिनुहोस