२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रेशम चौधरी रिहा

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् ।

चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्चले कारागार कार्यालय डिल्लीबजारलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा चौधरी रिहा भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका उनलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरीले चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर हुँदै डिल्लीबजार कारागार बुझाएको थियो ।

उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता घोषणा कार्यक्रम नै स्थगित भएको थियो ।

चौधरीलाई थुनामुक्त गर्न फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् ।

चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले पठाएको पत्र:

याे पनि :

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट