काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले पत्र पठाएको छ । चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्र पठाएको हो ।
चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्चले अर्को पत्र पठाएको हो । पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले जनाएको छ ।
त्यस्तै, रेशम चौधरीलाई थुनामा पठाउन भन्दै पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाईसमेत पक्राउ गरेको छ । उनलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका निजलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस