२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

‘स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ’ : गृहमन्त्री लेखक

आइतवार , बैशाख २१, २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले स्टाफ कलेजमा पढाइ हुने कार्सले प्रहरीमा असल नेतृत्व निर्माण र सङ्गठनलाई असल नेतृत्व प्रदान गर्ने बताएका छन् ।

आज बिहान काठमाडौँमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेजले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

“आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन हो । राष्ट्र सेवामा समर्पित प्रहरीले गर्दै आएको काममा एउटा थप राम्रो काम भएको छ”, गृहमन्त्री लेखकले भने, “यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादी छु ।”

गृहमन्त्री लेखकले कलेजबाट प्रहरीमा व्यवसायिकता, प्रतिबद्धता, इमान्दारिता र कामप्रति समर्पित, सीप, ज्ञान, क्षमता र दक्षता भएको जनशक्ति उत्पादन हुने बताए ।

विसं २०७० मा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागू गरिएको प्रहरीले जनाएको छ । उक्त ब्याचबाट १७ जना उत्तीर्ण भएका थिए । प्रहरी सेवालाई आधुनिकीकरण, नेतृत्व क्षमताको विकास र अधिकृतलाई बदलिँदो सुरक्षा परिवेशसँग जुध्न सक्षम बनाउन स्टाफ कलेज कार्स एक रणनीतिक कदम भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट