२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सयसहित चार जना पक्राउ

सोमवार , बैशाख २२, २०८२

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा आइतबार दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकम सहित नियन्त्रणमा लिइएको हो ।”

स्रोत खुल्न नसकेको उक्त रकमसहित पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट