२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेशनल लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश बाँड्ने

बुधवार , जेठ १, २०८२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो लाभांश दिने भएको हो । ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय कम्पनीको बैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट