२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

आइतवार , जेठ ५, २०८२

काठमाडौं । नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरणमा ऐतिहासिक कदम अघि बढाउँदै जीएसएमएसँग सहकार्य गरेको छ।

यससँगै, एनसेल जीएसएमएका “डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तहरू” मा हस्ताक्षर गर्ने पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ।

जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायकहरूको छाता संस्था हो । जसले डिजिटल प्रविधिमा पहुँचको खाडल हटाउन प्रेरणा तथा मार्गनिर्देशन प्रदान गर्छ। एनसेलको यो सहकार्यले कम्पनीको समावेशी डिजिटल सेवातर्फको गम्भीर प्रतिबद्धता झल्काउँछ।

एनसेलले यसअघि पनि “सधैं अन” योजनामार्फत अपाङ्गता भएका प्रयोगकर्ताहरूलाई डेटामा ५० प्रतिशत छुट, अपाङ्गता मैत्री सेवा केन्द्रहरू र कार्यालय संरचना निर्माण, पारा खेलाडीहरूसँग सहकार्य जस्ता विभिन्न पहल अघि सारेको थियो।

एनसेल फाउन्डेसन तथा स्पेशल प्रोजेक्ट निर्देशक विशाखा लक्ष्मी खड्काले भनिन्, “हामी केवल सेवा प्रदायक होइनौं, हामी मानिसहरूलाई सशक्त बनाउँदैछौं। अपाङ्गता भएका व्यक्तिहरूको लागि डिजिटल पहुँच सुनिश्चित गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो।”

यस सहकार्यसँगै, एनसेलले पहुँच योग्य डिजिटल सेवाहरू निर्माण गर्दै समावेशी र सशक्त समाज निर्माणमा योगदान पुर्याउने स्पष्ट संकेत दिएको छ। अब एनसेलले आफ्नो सेवा सबैका लागि सजिलो, पहुँच योग्य र समान बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट