२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने महिमानसिंह विष्ट धरौटीमा रिहा

सोमवार , जेठ ६, २०८२

काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले शाखा अधिकृत विष्टसँग एक लाख रुपैयाँ धरौटी माग गरेको हो । विष्टले धरौटी बुझाएर छुटिसकेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै अनधिकृत रूपमा पत्र लेखेका कारण उनी पक्राउ परेका हुन् । विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भनेका थिए ।

तर उक्त पत्र आधिकारिक नरहेको खुलेपछि रेशम रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट