काठमाडौं । गर्मीको मौसममा हामी मध्ये धेरैले दूध भन्दा दहीमा नै रुची देखाउँछौँ । तर, स्वादको लागि मात्र नभई स्वास्थ्यको लागि पनि दही उत्तम मानिन्छ । दहीमा पाइने ब्याक्टेरियाले हाम्रो पाचन प्रणालीलाई धेरै मद्दत गर्दछ । हामीले १०० ग्राम दही लियौँ भने त्यसमा ३.५ ग्राम प्रोटिन, ३.३ ग्राम फ्याट र ४.७ ग्राम कार्बोहाइड्रेट , ६१ क्यालोरी र ८८ प्रतिशत पानीको मात्रा हुन्छ । दहीमा विशेष किसिमका 'कन्जुगेटेड लिनोलेइक एसिड' पाइन्छ, जसले शरीरमा विशेष फाइदा पुर्याउँछ ।
दही खानुका फाइदाहरू :
- दहीमा ल्याक्टो ब्यासिलस र स्टेप्टो कोकस जस्ता ब्याक्टेरिया पाइन्छ, जसलाई हामी प्रोबायोटिक पनि भन्छौँ । यो हाम्रो शरीरलाई चाहिने गुड ब्याक्टेरिया हो । यसले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।
- उच्च रक्तचापका बिरामीले हप्तामा दुई पटक चिल्लो कम भएको दही सेवन गर्दा रक्तदाप घट्ने, रक्तनलीहरुलाई फाइदा गर्ने हुन्छ ।
- मुटुलाई स्वस्थ राख्न पनि दहीले मद्दत गर्दछ ।
- दहीमा भएका गुड फ्याटले कोलेस्ट्रोललाई राम्रो गर्छ ।
- दही सेवनले तौल बढ्न पनि दिँदैन ।
- दहीमा क्याल्सियम, भिटामिन डी र फस्फोरस जस्ता पोषक तत्वहरू पाइन्छ, जसले हड्डी र दाँतको मजबूती बढाउन मद्दत गर्छ।
- दहीमा पाइने प्रोबायोटिक्सले मानसिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ। यसले तनाव, चिन्ता र डिप्रेशनका लक्षणहरूलाई कम गर्न सहयोग पुर्याउँछ।
- दहीमा पाइने ल्याक्टिक एसिडले मृत कोशिकाहरूलाई हटाउँछ। यसले छालालाई चम्किलो र स्वस्थ बनाउन मद्दत गर्छ।
सावधानी
यदि दही खाएपछि चिसो लागेन, रुघा लागेन अथवा अन्य समस्या देखिएन भने नियमित रुपमा आफ्नो खानामा दही सामेल गर्न सकिन्छ ।
दहीसँग चिनी मिसाएर खानु निकै हानिकारक हुन्छ । दहीमा पाइने राम्रा तत्वहरुलाई चिनीले घटाउने पनि अनुसन्धानहरुमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस