२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भिजिट भिसा प्रकरण : गृहमन्त्री भन्छन् - मेरो कुनै संलग्नता छैन, यो राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र हो

बुधवार , जेठ १५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

सहसचिव तीर्थराज भट्टराईसँग जोडेर आफूलाई पनि त्यसमा संलग्न भनिएको बारे उनले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताए ।

उनले अख्तियारबाट हुने कारबाहीलाई खुला मनले स्वागत गर्ने बताए । आयोगको अनुसन्धानमा कतैबाट पनि प्रभावित पारिनु नहुने उनले बताए ।

उनले अध्यागमन कार्यालयमा सरुवा भएर गएका भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको दाबीसमेत गरे ।

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट