काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू अपराधकर्मलाई तिरस्कार गर्ने मान्छे भएको बताएका छन् ।
उनले भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्दै आफू अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे भएको बताएका हुन् ।
लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई निरुत्साहित गर्ने काम भएको बताए । उनले भने, ‘म जस्तो राजनीतिकर्मीलाई भ्रामक सामग्री प्रसारण गरेर निरुत्साहित गर्ने काम राजनीतिक पूर्वाग्रहबाहेक केही होइन ।’
यो पनि :
प्रतिक्रिया दिनुहोस