काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । उनी शनिबार पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रवक्ता तथा सूचना अधिकारी युवराज खड्काले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए ।
उनी मिलेमतोमा १ अर्ब २६ करोड रुपैयाँ अपचलन गरेको काण्ड छानबिनपछि फरार थिए ।
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको थियो ।
सिआइबीले भने २५० करोड रकम हिनामिना गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेका रायमाथी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान गरिरहेको सिआइबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस