काठमाडौं । राजावादीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई आइतबार नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रदर्शन अराजक बन्न थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी परिसर लगिदैँछ । यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरेका थिए ।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन' समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ । उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ ।
प्रतिक्रिया दिनुहोस