२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

२ अर्बको लगानीमा २०० बेडको जीवन विकास सामुदायिक अस्पताल र प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालन

सोमवार , जेठ २०, २०८२

विराटनगर । मोरङको कटहरी २ हल्दिबारीमा २ अर्ब लगानीमा २०० बेडको जीवन विकास सामुदायिक अस्पताल र प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा आएको छ ।

आम नागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि २०० बेडको सुविधा सम्पन्न "जीवन बिकास मामुदायिक अस्पताल तथा टेक्निकल सुरु गरेको जीवन विकास सामुदायिक अस्पताल र तथा टेक्निकल एजुकेशन फाउण्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए ।

अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रवाह गर्ने जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन आगामी जेठ २४ गते (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने उनले जानकारी दिए । सोमबार अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गरेर अस्पतालका अध्यक्ष मण्डलले निर्माण सम्पन्न भएको अस्पताल २४ गतेबाट औपचारिक रुपमा संचालनमा आउने बताए ।

No description available.

अस्पताल संचालनको लागि अनुसार १ अर्व ३० करोड जीवन बिकास समाजको र ४२ करोड बैंकबाट ऋण लिएर लगानी गरिएको उनले जानकारी दिए ।

अध्यक्ष मण्डलका अनुसार गरिवी रहीत नेपालको परिकल्पना सहित बि.सं २०५४ सालमा स्थापना भएको जीवन विकास समाजले ग्रामिण क्षेत्रका विपन्न वर्गको जीवनस्तर उकास्न वित्तीय पहुँच पुर्याउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जनाका लागि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ।

नेपालको पूर्वी क्षेत्रमा रहेका विपन्न वर्गलाई गुणस्तरीय सेवामा सहज पहुँच पुर्याउने उद्देश्य राखी जीवन विकास समाजको पहलमा जीवन विज्ञान सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन स्थापना भएको मण्डलले बताए ।

जीवन विकास समाजले विसं. २०५४ सालमा मोरङको अमाहीरियातीमा २४ घण्टे क्लिनिक सञ्चालन गरेको थियो । मण्डलले भने "२४ घण्टे क्लिनिकचाट जीवन विकास पब्लिक हेल्थ सेन्टर हुई आज अत्यानिक सुविधा सम्पन्न अस्पताल सञ्चालनको अवस्थामा आइपुगेका छौ ।"

सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्न अस्पतालको रुपमा एकै पटक ठूलो लगानीमा २०० बेडसहित सेवा प्रवाह गर्ने जीवन विकास सामुदायिक अस्पताल नेपालको पहिलो अस्पताल भएको उनले बताए । "मुनाफा वितरण नगर्ने उद्देश्य भएका कारण जीवन विकास सामुदायिक अस्पतालले प्रवाह गर्ने स्वास्थ्य सेवा सुविधाहरु महुलियतपूर्ण हुनेमा हामी विश्वस्त छौ" उनले भने ।

No description available.

अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सक मार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरुबाट दैनिक ओपिडी सेवा, नर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिमको अप्रेशन सेवा, बालरोग उपचार सेवा, डाइलासिस, ICU, NICU, CCU, HOCU, PICU/ Nursery, Digital X-Ray, Video X-Ray आधुनिक मेसिनबाट सबै किसिमको ल्याव सेवा, नाक कान घाटीको उपचार सेवा, आँखा जाँचलगायत सबै किसिमको सेवा सुचारु भइसकेको अध्यक्ष मण्डलले बताए ।

नागरिकलाई सहुलियत दरमा सेवा प्रवाहका लागि विषेशज्ञ चिकित्सकसहित २०० जनशक्ति अस्पतालमा रहेको अस्पतालले जनाएको छ । भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित २० विधा क्षेत्रफलमा निर्माण भएको अस्पतालले आफ्‌नो सेवालाई थप विस्तार गर्दै लैजाने मण्डलले जानकारी दिए ।

No description available.

"जीवन विकास सामुदायिक अस्पताल एउटा उपचार केन्द्र मात्र होइन, यो सामाजिक न्याय र समानताको प्रतिक पनि हो " मण्डलले भने "जीवन विकास सामुदायिक अस्पतालको उदेश्य स्वास्थ्य सेवा प्रवाह मात्र नभएर, यो एउटा नयाँ सामाजिक अभियान पनि हो, जसले सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नेछ। स्वास्थ्य सबैको अधिकार हो भन्ने भावनालाई आत्मसाथ गर्दै आम नागरिकलाई उच्चस्तरीय स्वास्थ्य सेवा न्यूनतम शुल्कमा प्रवाह गर्ने हाम्रो उद्देश्य रहेको छ।"

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट