२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डा शर्माद्वारा सर्लाहीको हरिपुर्वाका अति गरिब र पीडित परिवारलाई सहयोग

मंगलवार , जेठ २१, २०८२

सर्लाही । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–५ निवासी अति गरिब र पीडित यादव परिवारका लागि नेपाली कांग्रेसका लोक प्रिय युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्माले जुन मानवीय सहयोग गरेका छन्।

हरिपुर्वा–५ की पविता यादवको जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलिको अप्रेशनपछि अवस्था जटिल भई काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो। दुर्भाग्यवश, उनको केही दिनअघि निधन भयो। तर, अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उनका श्रीमान् अंगेश यादवले उपचार खर्च तिर्न नसक्दा आफ्नै श्रीमतीको शव अस्पतालबाट निकाल्नसमेत असमर्थ भएका थिए।

यही गम्भीर अवस्थालाई बुझेर मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री तथा नेपाली कांग्रेस क्षेत्र नं. २ सर्लाहीका सभापति माननीय कौशलकिशोर रायको अनुरोध र पहलमा सांसद डा. सुनिल शर्माले १० लाख रुपैयाँ मिनाहा गरी मृतक पविता यादवको शव उनका श्रीमानलाई बुझाएर अन्तिम संस्कारका लागि पठाउने व्यवस्था मिलाए।

यो सहयोगले पीडित परिवार मात्र होइन, सम्पूर्ण सर्लाहीवासीलाई एक गहिरो भावनात्मक राहत दिएको छ।

मन्त्री कौशलकिशोर रायले भावुक हुँदै भने, "आज हामी सर्लाहीवासीका लागि डा. सुनिल शर्मा भगवानसरह भएका छन्। यो दुःखद घडीमा गरिब र बेसाहारा परिवारलाई उहाँले जुन अभिभावकत्व देखाउनुभयो, त्यसप्रति म व्यक्तिगत रूपमा र सर्लाहीको तर्फबाट कोटि-कोटि धन्यवाद ज्ञापन गर्दछु। हामी सदैव ऋणी रहनेछौं।"

डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट