२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

निष्पक्ष छानविनका लागि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : सांसद बेलबासे

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले निष्पक्ष छानविनका लागि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छन् ।

मंगलबार राष्ट्रियसभाको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले गृहमन्त्री लेखक बौद्धिक, सालिन र कानून बुझेको व्यक्ति भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरिन् । उनले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई आम नागरिकबाट पठाएर दैनिक पचास लाखभन्दा बढी असुलेको, छानविनमा तानिनु एकदिन अघि मन्त्रालय फिर्ता बोलाउनु, अख्तियारको अनुसन्धानलाई प्रभाव पार्नेगरि सरुवा गर्नुलगायतका कारण गृहमन्त्रीले भ्रष्टाचारीलाई पक्षपोषण गरिरहेको आरोप लगाइन् ।

उनले गृहमन्त्रीले विगतमा पनि आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने गर्नुभएका कारण अहिले आफैंमाथि लागेको आरोपको छानविनका लागि मार्ग प्रशस्त गर्न माग गरिन् ।

उनले त्रिभूवन विमानस्थलमा भिजिट भिसामा देखिएका घटनाक्रमले चलखेल र सेटिङ छ भन्ने प्रश्न टड्कारो रुपमा देखिएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट