२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट कार्ड' सेवा

बुधवार , जेठ २२, २०८२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले 'इबिएल भर्चुअल क्रेडिट कार्ड' सेवाको सुरुवात गरेको छ ।

विद्युतीय सेवा विस्तार गर्ने क्रममा मिति २०८२ साल जेठ २० गतेदेखि आफ्ना सेवाग्राहीलाई लक्षित गर्दै इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको हो ।

इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।

एभरेष्ट बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन् । सो सेवामार्फत न्यूनतम रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् ।

यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट