काठमाडौं। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्।
बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले कामु सीइओ रहेका उनलाई व्यवस्थापनको नेतृत्वमा चयन गरेको हो। यही जेठ २२ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
ज्ञानेन्द्र ढुंगानाले गत चैत १० गतेदेखि लागू हुने गरी सीइओ पदबाट राजीनामा दिएपछि बैंक सञ्चालक समितिले उनलाई कामु सीइओको जिम्मेवारी दिएको थियो।
नबिलमा उनी नायब महाप्रबन्धकबाट प्रवेश गरेका हुन्। महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुँदै ज्ञवाली बिहीबारबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।
प्रतिक्रिया दिनुहोस