२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वप्रधानमन्त्री माधव नेपालको सांसद पद निलम्बन

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ । भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद निलम्बनमा परेको हो ।

अख्तियारले पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा बिक्री भएको प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।

यो पनि :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट