काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यस्तै, डा अधिकारीसहित रमेश आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरूलाई ऋण प्रक्रिया सहज गरिदिने भन्दै घुस लिएको आरोप छ ।
अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि भैरहवामा सञ्चालन हुन लागेको र्याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो ।
घुस लिएको ठोस प्रमाण भेटिएको आधारमा दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस