२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दिलभुषणको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला : सांसद शर्मा

बुधवार , जेठ २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको बताएका छन् ।

सांसद शर्माले असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुने भए पनि सिधै अपराध ठहर गर्दै पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको बताए ।

‘सत्ता सँग प्रश्न गर्ने, खोजमूलक पत्रकारिताका माध्यमबाट विविध सन्दर्भमा विषयवस्तु उजागर गर्ने र सत्य जनतासामु ल्याउन प्रयास गर्न कलम चलाउने पत्रकारिता कुनै अपराध होइन,’ उनले भने, ‘प्रकाशित/प्रसारित सामग्री प्रति कुनै प्रतिवाद, असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुनुपर्छ भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको भएता पनि सिधै अपराध ठहर गर्दै पत्रकार दिलभुषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला हो ।’

उनले यो केवल एउटा व्यक्तिको मुद्धामात्र नभएर अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप भएको टिप्पणी गरे ।

सामाजिक सञ्जाल लेख्दै सांसद शर्माले पत्रकार पाठकको पक्राउ पुर्जी तत्काल फिर्ता गरिनु पर्ने बताएका छन् । ‘यो केवल एउटा व्यक्तिको मुद्धामात्र होइन । यो अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप हो । पत्रकार दिलभुषण पाठकको पक्राउ पुर्जी तत्काल फिर्ता गरियोस्’ उनले भने ।

डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट