२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘व्यक्ति हत्या गर्ने प्रकरणमा पुर्वसभामुख सापकोटालाई बचाउन माओवादी भिजिट भिसाको मुद्धामा पछाडि हट्यो’

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख अग्नि सापकोटालाई बचाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षी माओवादीबीच सहमति भएको बताएका छन् ।

संसद् अवरोध खुलाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले ज्यान मार्ने, व्यक्ति हत्या गर्ने प्रकरणमा पुर्वसभामुख सापकोटालाई पक्राउ गर्न बचाउन माओवादी भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेको बताएका छन् ।

उनले संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भएकोसमेत टिप्पणि गरेका छन् ।

शाहीले फेसबुकमा लेखेका छन्, ‘ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथिहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजिनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटे वाफत ज्यान मार्ने, व्यक्ति हत्या गर्ने प्रकरणमा पुर्वसभामुख, अग्नि सापकोटालाई पक्राउ गर्न बचाएकोमा । बिडम्बनाका साथ भन्नुपर्छ संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट