२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैंक र छिमेक लघुवित्त

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ ।

प्रभु बैंकको ९,८८२ कित्ता सेयर र छिमेक लधुवित्त वित्तिय संस्थाको २,४४,४८० कित्ता शेयर बिक्रीका लागि आजबाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।

कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैंकको शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु १०० र छिमेक लधुवित्त वित्तिय संस्थाको लागि शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु ३९० तोकेको छ ।

शेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैंकको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लधुवित्त वित्तिय संस्थाको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । शेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ/संस्था ,कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, शेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट